दाङकाे काेराेना अस्पतालबाट निको नभएका ३ जना डिस्चार्ज

दीपक वली

दाङ –  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीवाट तीन जनालाई डिस्चार्ज गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार रुपन्देहीको समरिमाई गाउँपालिकाका तीन जनालाई गएराति डिस्चार्ज गरिएको हो । उनीहरुमा लक्षण नदेएपछि स्वाब परीक्षण नगरेरै डिस्चार्ज गरिएको हो । कोरोनाको लक्षण नदेखिएपछि मन्त्रालयको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न परिपत्र गरेको छ । अहिले बेलझुण्डीमा ४८ जना संक्रमितको उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्