संविधान संशोधन विधेयकमाथि आज संसदमा छलफल हुदै

काठमााडौँ – नेपालको नयाँ नक्साअनुसार निशान छाप बनाउने संविधान संशोधन विधेयकमाथि मंगलबार प्रतिनिधि सभामा छलफल हुँदैछ ।

संसद सचिवालयले संविधान संशोधन अगाडि बढाउने गरी कार्यसूची तयार पारेको छ । बजेटको मन्त्रालयगत बाँडफाँटमाथि मन्त्रीहरूले जवाफ दिएपछि विधेयक पेश गर्ने तयारी सभामुख अग्नि सापकोटाले गरेका हुन् ।

आज विधेयकमा सैद्धान्तिक छलफल हुनेछ । छलफलमा उठेका प्रश्नको कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले जवाफ दिनेछन् । छलफलपछि विधेयक संशोधनका लागि अगाडि बढ्नेछ । सांसदहरूले सरकारले ल्याएको नयाँ निशान छापमा परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराउन पाउँछन् । यस्तो समय ७२ घन्टाको हुनेछ ।

संशोधन प्रस्ताव प्राप्त भएपछि संशोधनमाथि संसदको पूर्ण बैठकमा छलफल हुन सक्नेछ । अथवा सभामुखले विशेष समिति गठन गराएर थप छलफलका लागि पठाउन सक्नेछन् । सरकारले संविधान संशोधन विधेयक यसै अधिवेशनबाट टुङ्ग्याउने तयारी गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्