कर्णालीमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५८७

काठमाडौं – कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । पुष्टि भएकामध्ये डोल्पाका संक्रमितको भने मृत्यु भएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने संक्रमितको कूल संख्या ५८७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्