नेतृत्वको टुंगो लगाउन जसपाको बैठक जारी, आइतबार पार्टी दर्ता गराउने तयारी

काठमाडौं – तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच राजधानीमा बैठक बसिरहेको छ । आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक जारी छ ।

दुई पार्टीबीच एकीकरण घोषणा भएको ६ हप्ताभन्दा बढी समय बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो नलागेपछि दुवै पार्टीको शीर्ष नेतृत्व यो विषयलाई टुंगोमा पुर्याउन गम्भीर छलफलमा जुटेका छन् । वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्