दार्चुलाको शैल्यशिखर नगरपालिकाको क्वारेन्टाइनमा बसेका १० जनाको आरडीटी पोजेटिभ

गणेशसिंह धामी
दार्चुला – शैल्यशिखर नगरपालिकाको क्वारेन्टाइनमा बसेका १० जना पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको छ ।
पोजेटिभ देखिएका सबै शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टीनमा बसेका पुरुषहरु हुन् । २१ देखि ४७ वर्ष उमेर समुहका पुरुषहरुमा र्यापिड डाइग्नोस्टीक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।

भारतबाट गौरीफान्टा नाका भई स्वदेश भित्रिएका शैल्यशिखर नगरपालिका वडा नं.२ ,३, ७, ८ र ९ का पुरुषहरुमा रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट देखिएकाहहरुको स्वाब संकलन गरि पीसीआर चेकजाँचका लागि धनगढी पठाएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चक्र कार्कीले उपहार खबर लाई जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्