दैलेखको महाबु गाउँपालिकामा पाँच महिने बालक सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – दैलेखको महाबु गाउँपालिकामा एकै दिन शनिबार ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । गाउँपालिकाको वडा नं. १ का २९ जना पुरुष र ४ जना महिला गरि ३३ जना संक्रमित भेटिएका छन् । वडा नं. ३ मा १ जना पुरुष, वडा नं. ४ मा १ जना पुरुष २ जना महिला, वडा नं. ५ मा पाँच महिने बालक, वडा नं. ६ मा १ पुरुष १ महिला, र वडा नखुलेको १८ महिने बालिका सहित २ महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्