बाँके र वर्दियामा ४० जना कोरोना संक्रमित थपिए

बाँके – बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।
अस्पतालका अनुसार नेपालगञ्ज–१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का ६ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् ।

शनिबार थपिएका १२ जनासँगै बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् । त्यस्तै बर्दियामा २८ जना नयाँ संक्रमित फेला परेका हुन् । सङ्क्रमितहरूमा तीन वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरू रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्