डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

डडेल्धुरा – शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ ।

नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय महिलामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

डडेल्धुराको नबदुर्गा गाउँपालिका सिराड स्थित क्वारेन्टाइनबाट ति महिला सुरक्षित प्रसुतिका लागि यहि जेठ २१ गते डडेल्धुरा अस्पताल आएकी थिइन् । जेठ २२ गते स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

ति महिलाले शुक्रबार विहान बच्चा जन्माएकी थिइन् । महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिला र बच्चालाई आइसोलेसनमा राखिएको छ । अस्पतालका अनुसार आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्