दुवै खुट्टा र एउटा हात भाँचिएकी जयन्ती ठगुन्नाको उपचारका लागि विनोद धामीले गरे आर्थिक सहयोग

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं ४ कांडापारीका अर्जुन सिंह ठगुन्नाकी १४ वर्षिया छोरी जयन्ती ठगुन्नाको उपचारको लागि शैल्य शिखर नगरपालिका–६का विनोद धामीले रु. ५सय ५५ आर्थिक सहयोग गरेका छन् । उनी उपहारखबरका स्थानीय संवाददाता समेत हुन् ।

जयन्ती ठगुन्ना यहि जेठ १६ गते बाख्रा चराउन जङ्गलमा गएको बेला भीरबाट ठुलो ढुङ्गा खसेर चोट लागेको थियो । उनको २ वटै खुट्टा र एउटा हात भाँचिएको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्