“नेपालमा राजनीतिकर्मी र कर्मचारी साझा फुलवारी ”    

राजनीति देशको मुल नीति हो। यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ । त्यसैले मुल नीति नै ठिक भएन भने सबै  अङ्ग  ठिक सङ्ग चल्न सक्दैनन । भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति बनाउने र नीतिलाई लागु गराउने महत्वपुर्ण भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीति कर्मिको हो ।
देश ,काल र परिस्थितिलाई बुझ्न कर्मचारी र  राजनीतिकर्मिहरुलाई नीति निर्माणमा आवश्यक सहयोग गर्न प्रत्येकको जिम्मेवारी र कर्तव्य पनि हो । योजना  र उक्त नीतिलाई कार्यान्वयन गर्न प्रतिस्पर्धाका माध्यवाट छनौट भई राज्यका संयन्त्रमा वसेर नागरीकलाई सेवा प्रवाह गर्ने राज्यको स्थाई संयन्त्र हो । यस अर्थमा राजनीति र कर्मचारीतन्त्र दुवै मुख्यरुपमा जिम्मेवार हुन् समग्र देश विकास  र  राज्य संचालनका लागि अति  महत्त्वपूर्ण विषय हो  ।
एउटा निश्चित संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारी र  कर्मचारीतन्त्र संगठानात्मक स्वरुप हो‚ जसले वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी कार्य सम्पादन गर्दछ । पदसोपानमा रहनु, लिखित निर्णय गर्नु, योग्यता प्रणालीका आधारमा कर्मचारीको छनौट हुनु, राजनीति प्रति तटस्थ रहनु, सरकारका नीति तथा कार्यक्रम प्रति प्रतिवद्ध रहनु कर्मचारीको काम ,कर्तव्य र अधिकार पनि हो ।
सरकार सामान्यतया  केही निश्चित अबधिमा परिवर्तन हुने भए पनि कर्मचारीतन्त्र लामो समय सम्म सेवामा निरनतर रहने हुँदा यसलाई  मितव्यी र पारर्दर्शी बनाउन जरुरी छ । त्यसैले समय अनुकुल अगाडि बढौ, मानसिकता बलियो बनाउ ।  देशको स्थाई सरकार जति चुस्त र प्रभावकारी भयो उतिनै सरकारका नीति तथा कार्यक्रमको पनि प्रभावकारी ढङ्गले कार्यान्वयन हुने र त्यसको प्रभाव सिङ्गो प्रशासनिक क्षेत्रमा पर्ने हुँदा यसको आफ्नै वेग्लै आवश्यकता र महत्व रहेको छ ।
एक हिसावले भन्दा कहिल्यै विस्थापित नहुने यो सरकारी संयन्त्रको सवैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायीत्व र जिम्मेवारी हो । भने ईमान्दारीताका साथ राजनीतिवाट तटस्थ रहि आफ्नो जिम्मेवारी अनुसारको कार्यसम्पादन गर्नु आजको आवश्यकता हो । कर्मचारी  र राजनीति साझा फुलबारी हुन । जोगाउन सक्यो  भने सुगन्ध र सुन्दर बाताबरण बनाउँछ । नत्र भन्ने खडेरी त्यसैले  सबै मिलि आगाडि बढौँ ।
 (लेखक छविराज जोशी सुदुरपश्चिम प्रदेश, धनगढीका हुन्)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्