विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई आजबाट स्वदेश फर्काइदै

काठमाडौं – विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली नागरिकहरुलाइ आजबाट स्वदेश फर्काइदै छ ।

मन्त्रिपरिषदको हालैको निर्णय अनुसार आवश्यक तयारी पूरा गरी आजबाट स्वदेश फर्काउन लागिएको हो । आज पहिलो खेपमा संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरु गरिने छ । यसैगरी म्यान्मारमा रहेका केही नेपाली नागरिक पनि आजै स्वदेश आउदैछन् । सरकारले विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका करिव २५ देखि ३० हजार नागरिकलाइ स्वदेश फर्काउने तयारी गरेको छ ।

तर मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको गैरआवासीय नेपाली संघ एनआरएनले सङ्घले जनाएको छ ।

नेपालीलाई स्वदेश फर्काउने कार्यमा संघले आबश्यक सहजीकरण गर्ने जनाएको छ । परराष्ट्र मन्लय, विभिन्न देशमा रहेका नेपाली दूतावास र एनआरएनए र राष्ट्रिय समन्वय समिति –एनसिसीसंगबीच समन्वयमा विदेशमा रहेका नेपालीलाइ आजबाट स्वदेश फर्काउन शुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्