उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक जारी, सीडीओ, जनप्रतिनिधि र सुरक्षा निकायको सहभागिता

काठमाडौँ – उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेको छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेको हो ।

बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको स्रोतले बतायो । लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसलहरु खोलेर सञ्चालन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्