‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबार बढी हुने, एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान

काठमाडौं – अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ । अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटीय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ । कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।
त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी पर्ने पूर्वानुमान गरिएको छ ।

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिइसकेको छ । त्यसैको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र वागमती प्रदेशबाहेक बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्