कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना डिस्चार्ज हुदै

मोरङ – विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । अस्पचालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले केहिबेरपछि कोरोनामुक्त नागरिकलाई बिदाई गर्दैछ । डिस्चार्ज हुनेहरु ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् । यस अगाडी कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र विपीको उपचार केन्द्रबाट १८ जनाले कोरोना परास्त गरेर घर फर्किसकेका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना संक्रमित देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्