नेविसंघ कञ्चनपुरले विद्यार्थी सहित अन्य १५० जनालाइ खाद्यान्न राहत बाड्यो

कञ्चनपुर – नेपाल बिद्यार्थी संघ कंचनपुरले राहत वितरण गरेको छ ।

सोमबार कंचनपुरका विभिन्न क्याम्पसमा अध्ययन विद्यार्थी र बन्दाबन्दीको कारण समस्यामा परेका अन्य गरि जम्मा १५० जना लाई चौथो चरणमा राहात वितरण गरेको जनज्योति क्याम्पसका बिध्यार्थी नेता कृष्णदेव जोशीले जानकारी दिए ।

प्रशासनको एकद्वार प्रणाली अनुरुप भिमदत्त नगरपालिका वडा नं. ४ का वडा सदस्य सुशील भट्ट सँगको समुन्वयमा उक्त राहत वितरण गरिएको हो ।

उक्त राहात वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व संविधान सभा सदस्य बहादुर सिंह थापा, त्यसैगरी जिल्ला सभापती हरि बोहोरा, सचिव दिवाकर पाण्डेय, कांग्रेस नेताहरु लोक ठकुराठी, प्रकाश जोशी, महेन्द्र खड्का, त्यसैगरी जिल्ला सदस्य प्रकाश थापा, दिलेन्द्र रावल, नेविसंघका निवर्तमान सह माहामन्त्री अच्युत कलौनी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेवि संघका निवर्तमान केन्द्रिय सदस्य गोरख बहादुर राउले, नेविसंघ संघ जिल्ला नेताहरु इन्द्र साउद, रमेश चटौत, शेष बिस्ट, बिक्रम बुढा, लक्ष्मण उप्रेती, पवन नेपाली लगायत विभिन्न क्याम्पसका नेता लोकेन्द्र जाग्री, कृष्णदेव जोशी, सरोज रोकाया लगायत अन्य नेताहरुले राहात वितरणमा सहयोग गरेका थिए ।

नेवि संघ कंचनपुरले यसअघि पनि ३ पटक राहात वितरण गरेको थियो । साथै आगामी दिनहरुमा पनि राहात वितरण गरिने नेवि संघ जिल्ला उपाध्यक्ष इन्द्र साउँदले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्