स्वास्थ्य मन्त्रालयलाई कोरोना सँग लड्न चालु आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ

काठमाडौं – स्वास्थ्य मन्त्रालयलाई चालु आर्थिक वर्ष २०७६र७७ मा मात्र ५ अर्ब रुपैयाँ निकासा भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामाग्री खरीदमा यो रकम निकासा गरिएको जानकारी दिए । यसले कोरोना परीक्षणका लागि आवश्यक सामग्रीहरुको मौज्दात रहेको समेत उनले जानकारी दिए ।

आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए ।

जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्