‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’ परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं ।’

भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए ।

नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेर र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिको माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो । तर भारतले तत्काल वार्ताको प्रस्ताव अस्वीकार गरेको छ ।

मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्