दाङमा थप ८ जना कोरोना जितेर घर फर्किए

दाङ – कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी निको भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएका हुन् ।

शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी निको भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगरका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।

अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ । कोरोना विशेष अस्पतालमा पहिलो पटक अन्य जिल्लाबाट सङ्क्रमित ल्याउदा शान्तिनगर गाउँपालिकाले बिरामी नल्याउन विज्ञप्ति मार्फत विरोध जनाएको थियो । यद्यपि स्थानीयहरुले भने बिरामी ल्याएर उपचार गर्नुपर्ने अडान राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्