काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशनबाट गायक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शर्मा नयाँ कार्यसमितिको अध्यक्ष बन्नुभएको हो।
त्यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। नवौँ महाधिवेशनको निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले दुवै पदमा निर्विरोध चयन भएको जानकारी दिनुभयो।
महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडामा बिहीबार मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानको विधानअनुसार ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।
निर्विरोध निर्वाचित भएका तथा मतदानबाट विजयी उम्मेदवारको नतिजा घोषणा गर्दै आज महाधिवेशन समापन गरिनेछ।




