महेन्द्रनगरतर्फ गइरहेको ईभी माइक्रो बसमा गुड्दागुड्दै अचानक आगलागी

काठमाडौँ – नेपालगन्ज- कोहलपुरबाट महेन्द्रनगरतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ। बर्दिया नगरपालिका-७ रम्तापुरस्थित सडकखण्डमा बिहान पौने ७ बजे गुडिरहेको अवस्थामा ईभी हाईसमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी माइक्रो बसमा अचानक आगो लागेको हो। उक्त माइक्रो बस कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाइरहेका थिए। आगलागी हुँदा माइक्रो बसमा चालक र सहचालक मात्रै रहेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट ईभी हाईसमा राखिएका कागजपत्र तथा ४२ हजार रुपैयाँ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डीएसपी रेशम बोहराका अनुसार ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्