प्रतिपक्षि दलको अवरोध पछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । प्रतिपक्षी दलको अवरोधपछि बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको हो ।

बुधबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल साढे ११ बजे पुगेका थिए । प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले बिहीबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

हिउँदे अधिवेसनमा सीमा विवाद सम्बन्धित संकल्प प्रस्ताव दर्ता गरेको र उक्त प्रस्ताव अहिलेसम्म पनि नल्याएको भन्दै बैठक अवरुद्ध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए । आफूहरुले दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभामा नल्याएसम्म सदन चल्न नदिने उनले चेतावनीदिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्