सिरहा प्रहरी प्रमुखका अंगरक्षक र चालकमा कोरोना संक्रमण पुष्टि

सिरहा – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले पुष्टि गरे । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका प्रजिअ गुरागाईंले जानकारी दिए । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

सिरहामा योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ८ पुगेको छ । कोरोना सङ्क्रमित बढ्दै गएपछि मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरीक्षक चतुर्वेदीसहित अधिकांश सुरक्षा अधिकृतहरूको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्