उदयपुरमा कोरोना नियन्त्रण हुदै, भुल्केको जनजीवन सामान्य, सुरक्षा घेरा हटाइयो

उदयपुर – नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ ।

गत वैशाख ५ गते भुल्के स्थित मस्जितमा बस्दै आएका चार नेपालीसहित १६ जना मध्ये १२ जना जमातीमा कोरोना भाइरस (कोभिड–१९) भएको पुस्टी भएसंगै स्थानीय प्रशासनले भुल्के गाउँलाई पुरै सिल गरी कडा सुरक्षा घेरामा नियन्त्रण गर्दै आएकोमा बुधवारबाट सिल हटाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुडामगरले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार अहिलेसम्म सङ्क्रमितका परिवार र उहाँहरुसँग सम्पर्कमा रहेका मुस्लिम समुदाय र अन्य समुदायका समेत गरी भुल्के क्षेत्रका मात्रै पाँचसय ८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।
यसरी लगातार तेश्रोपटकसम्म पिसिआर परिक्षण गरिदा ३२ जना बाहेक अरु पाँचसय ५० जनाको रिपोट नेगेटिभ आएको तथा कोरोना पोजेटिभ पाइएकाहरु मध्य पनि २४ जना निको भएर घर फर्कि सकेको र अन्य आठ जनाको पनि स्वास्थ्य स्थिति सामान्य रहेकोहुँदा अबको केहिदिनमै घर आउन सक्ने भएकोले भुल्के गाउँलाई केहिदिन भित्रै कोरोनामुक्त घोषणा गरिने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।
तीनसय १५ घर परिवारका एकहजार पाँचसय स्थानीयलाई वैशाखको पहिलोसातादेखि हिलेसम्म संक्रमित क्षेत्र भुल्केमा आप्mनो घर आागनबाट अन्यत्र चल्न चटपटाउन समेत नदिएर र गाउँको चारैतर्फ सुरक्षा घेरामा राखिएकोमा अव समुदायमा कोरोना सङ्क्रमण नियन्त्रण हुँदै गएको पाइएपछि आजबाट त्यहाँको जनजीवन सहज तुल्याइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्