कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय चार दिन थप्यो

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय चार दिन थप गरेको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिनेछ।

महामन्त्री पौडेलले थपिएको चार दिनको समय अन्तिम अवसर भएको बताएका छन्। छुटेका सदस्यलाई अद्यावधिक गरी १५औँ महाधिवेशनमा सहभागी गराउने उद्देश्यले समय थप गरिएको उनको भनाइ छ। उनका अनुसार पार्टीको आन्तरिक एकता मजबुत बनाउन लचकता अपनाउँदै सदस्यता अद्यावधिकको समय थप गरिएको हो।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन भने भदौ २४ गते नै हुने पौडेलले स्पष्ट पारेका छन्। थपिएको समयमा पनि सदस्यता अद्यावधिक नगर्ने तथा एनसीआईडी नलिएका सदस्य महाधिवेशन प्रक्रियामा सहभागी हुन नसक्ने उनले बताएका छन्। पार्टीका केही महत्वपूर्ण नेता तथा लामो समयदेखि योगदान दिएका व्यक्तिहरूले समेत क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेको उल्लेख गर्दै पौडेलले सबैलाई अन्तिम अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्