नेशनल प्याब्सन टोखाको नेतृत्वमा पुनः बलराम भट्ट

काठमाडौं – नेशनल प्याब्सन टोखा नगरसमितिको चौथो अधिवेशनले पुनः बलराम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा रामनाथ आचार्य र कोषाध्यक्षमा प्रकाशराज बुढाथोकी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सबु प्रधान, होमनाथ आचार्य, भोला राउत, एकनारायण महर्जन र जगनबहादुर क्षेत्री चयन भएका छन्।

अधिवेशनले टोखा क्षेत्रका निजी तथा संस्थागत विद्यालयका साझा शैक्षिक तथा व्यावसायिक मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, विद्यालयबीच सहकार्य र समन्वय बढाउँदै टोखा क्षेत्रको समग्र शैक्षिक विकासमा योगदान पुर्‍याउने नयाँ कार्यसमितिको प्राथमिकता रहने जनाइएको छ। अधिवेशनमा सहभागी सदस्यहरूले नवनिर्वाचित अध्यक्ष बलराम भट्टसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै निजी तथा संस्थागत विद्यालयका समस्या समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्