उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

 

काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छिन्।

प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। उनले आफू बाहिर रहेकाले जाहेरीको विषयवस्तुबारे भने अध्ययन गर्न बाँकी रहेको बताए।

श्रेष्ठलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा गत साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो। जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा त्यसमा प्रयोग गरिएको तस्वीरलाई लिएर ठाकुरले उजुरी गरेपछि श्रेष्ठमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यसैबीच, सर्वोच्च अदालतले आजै पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशमा जनआस्था अनलाइनमा प्रकाशित समाचारमा प्रयोग गरिएको तस्वीर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको उल्लेख छ।

सर्वोच्चले वैयक्तिक गोपनीयताको विषयमा प्रकाशित सामग्रीको सन्दर्भसमेत विचार गर्दै श्रेष्ठलाई थुनामा राखिरहनुपर्ने अवस्था नरहेको ठहर गर्दै रिहा गर्न परमादेश जारी गरेको हो।

सर्वोच्चको आदेशपछि श्रेष्ठ रिहा हुने तयारी भइरहेका बेला उपसभामुख ठाकुरले पुनः उनीविरुद्ध जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्