पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

काठमाडौं – पल्सर मोटरसाइकलको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ।

नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ। पल्सर नेपालमार्फत नेपाली राइडरहरूले आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै पल्सरको साहसी भावना विश्वसामु उजागर गर्ने अवसर पाउनेछन्। यस अभियानले नेपालसहित विश्वभरका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्ने लक्ष्य राखेको छ।

सहभागीहरूले भिडियो, फोटो, संगीत, एआई (AI) आधारित सामग्री वा अन्य कुनै पनि सिर्जनात्मक माध्यममार्फत जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानको मुख्य आधार वास्तविक र मौलिक अनुभव हुनेछ। उत्कृष्ट कथाहरूले “25 Years of Daring the World” भन्ने अभियानको भावनालाई प्रतिबिम्बित गर्नुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्नेछ।

अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z जित्ने अवसर पनि पाउनेछन्। अभियान २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ। अभियानमा सहभागी हुन राइडरहरूले पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्दै #MyPulsarStory ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साथै @mypulsarofficial@pulsarnepal लाई ट्याग गरी २०२६ सेप्टेम्बर ४ भित्र आफ्नो सामग्री पेश गर्नुपर्नेछ।

बजाजका अनुसार यो उत्सव केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र नभई पल्सरलाई आजको स्थानसम्म पुर्‍याउने राइडरहरूको साहस, यात्रा, उपलब्धि र अविस्मरणीय अनुभवप्रति सम्मान व्यक्त गर्ने अभियान पनि हो। आफ्ना वास्तविक अनुभवलाई केन्द्रमा राखेर बजाजले पल्सरको सफल यात्रामा योगदान पुर्‍याएका राइडरहरूको प्रेरणादायी कथा विश्वसामु प्रस्तुत गर्न चाहेको जनाएको छ। अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्