प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गरेको सर्वदलीय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका थिए ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, डा. बावुराम भट्टाराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको छ । त्यसैगरी, नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका नेताहरूले बैठकमा भाग लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्