गौरीफन्टा नाकाबाट मंगलबार मात्रै ५ हजार बढी स्वदेश भित्रिए, २ सातामा सूदुरपश्चिका विभिन्न नाकाबाट २६ हजार नेपाली स्वदेश आए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ५ हजार १३ जना नेपाली स्वदेश भित्रिएका छन् ।

यो नाकाबाट मात्रै २ साताको अवधिमा १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठ यता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । उनले भने, ‘हामीले सम्बन्धित स्थानीय तहमा पठाइरहेका छौं ।’

प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपालभित्रिरहेका छन् । ‘

परीक्षणमा समस्या

प्रदेशका ४ नाकाबाट २६ हजारबढी नेपाल प्रवेश गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आडीटी किटको अभावले भारतबाट आउने अधिकांशको स्वास्थ्य परीक्षण हुन नसकेको स्वीकार गरे । ‘सुरुका केहि दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएको थियो । अहिले किट नहुँदा सीमामै परीक्षण भएको छैन’ उनले भने ‘स्थानीय तहले अनिवार्य स्वास्थ्य परीक्षण गराउने भनेपछि हामीले पठाइरहेका छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्