रोग प्रतिरोधात्मक क्षमाता बृद्धि गर्न झापामा करिब १ हजार सुरक्षााकर्मीलाई होमीयोप्याथिक औषधि विरतण

झापा – अखिल नेपाल होमियोप्याथी एशोसिएसन केन्द्रीय समितिले शरिरको रोग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने होमियोप्याथिक औषधी हस्तान्तरण गरेको छ ।

मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी रेवत बहादुर राना मार्फत झापा जिल्ला भरी सुरक्षाको जिम्मेवारी लिइ अहोरात्र खटिएका करिब १ हजार जनपद प्रहरीहरुलाई औषधि हस्तान्तरण गरिएको होमीयोप्याथिक डा. विष्णुप्रसाद मिश्रले उपहार खबरलाई जानकारी दिए । होमीयोप्याथिक औषधिले मानिसको ईम्युनिटी पावर अर्थात रोग प्रतिरोधात्मक क्षमाता बृद्धि गर्ने डा. मिश्रले बताए । औषधि हस्तान्तरण कार्यक्रममा अखिल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. के पि सुवेदी, एसोसिएसनका निबर्तमान अध्यक्ष डा.बिष्णुप्रसाद मिश्रको उपस्थिति रहेको थियो । एसोशिएसनले भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठलाई पनि नगरपालिकाका सम्पुर्ण प्रतिनिधिहरुलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न होमियोप्याथिक औषधि आर्सेनिकम एल्बम ३० सि नि:शुल्क वितरण गरेको छ ।

एशोसिएसनले सोमबार पनि झापाको गौरीगन्जमा फ्रन्ट लाईनमा रही कार्य गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी, क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि उत्त औषधि हस्तान्तरण गरेको थियो । यस अघि एशोसिएशनले कोरोनाको हटस्पट बनेको उदयपुरको भुल्केमा पनि औषधि वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्