थप ९० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं – थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन् । सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतमा थप १२ जनामा कोरोना लागेको छ ।

संक्रमित हुनेहरुमा महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना संक्रमित भएका छन् । यसैगरी, ११ देखि १६ दिनमा भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो संख्यासँगै नेपालमा १५५ निको भएका छन् । संक्रमण भएको जिल्ला ४६ पुगेको छ भने अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्