कैलालीका थप एक जनामा कोरोना संक्रमण पुष्टि

कैलाली – कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जानकी गाँउपालिका– १ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको जानकी गाउँपालिका स्वस्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बाताए ।

भारतबाट जेठ ३ गते कैलाली आएका उनी जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए ।

१६ जनामध्ये ४ जनालाई संक्रमण देखिएको छ उनले भने अन्य को रिपोर्ट आउन बाँकी छ । यसअघि यसै क्वारेन्टाइनमा बसेका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसंगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १–१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्