भारतबाट आएका १८ जना लाई क्वारेनटाईनमा राखियो

सुशील सुवेदी
सिन्धुपाल्चोक – भारतबाट कपिलबस्तु हुदैँ गाडि रिजर्भ गरेर सिन्धुपाल्चोक आएकाहरुलाई विभिन्न क्वारेनटाईनमा राखिएको छ । मगंलबार विहान ३ बजे चौतारामा आएकामध्ये १८ जना सिन्धुपाल्चोकका हुन् । बाकिँ ४ जना ललितपुरका र १ जना काभ्रे पाचखालका हुन् ।
चौतारा आईपुगेकाहरु मध्य १३ जनालाई जिल्ला समन्वय समिति चौतारामा निमार्ण गरीएको क्वारेनटाईनमा राखिएको छ । उनिहरु मध्य १ जना शुनकोसि गाँउपालिका र अरु चौतारा सांगाचोकगढि नगरपालिका भित्रका रहेका छन् । नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीका अनुसार ईन्द्रावति गाउँपालिकाभित्रका ५ जनालाई एम्बुलेन्समा राखेर मेलम्चीको क्वारेनटाईनमा लगिएको छ । उक्त गाडिमा ललितपुरका ४ जना र पाचखालका १ जना ब्यक्ति समेत आएको पाईएको छ । भारतमा रहेका उनिहरु कपिलबस्तु नाकाबाट नेपाल प्रवेश गरेका थिए । कपिलबस्तुबाट गाडि रिजर्भ गरेर आएका उनिहरुलाई काठमाडौ नाकाबाट प्रवेश नदिएपछि फेरी ईटहरी पुगेर सिन्धुलि हुदै सिन्धुपाल्चोक आईपुगेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्