गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।

महानगरपालिकाले कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी उक्त व्यवस्था कार्यान्वयनमा लैजाने जनाएको छ। २५ वर्षीय गणेश नेपालीले असार २३ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुधबार बिहान वीर अस्पतालमा निधन भएको थियो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। महानगरले घटनाको सत्यतथ्य छानबिनका लागि सरकारले गठन गरेको समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै पीडित परिवारको संरक्षण, पुनःस्थापना र भविष्य सुनिश्चित गर्न आवश्यक सहयोग उपलब्ध गराइने महानगरले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्