इजिप्टमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार सम्पन्न फिफा विश्वकप-२०२६ को प्रि–क्वाटरफाइनलमा जित निकाल्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा मुस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २-० को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेलको दिशा नै बदल्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए।

निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्