सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

सरकारका सय दिनका उपलब्धिबारे जानकारी दिनुहुँदै प्रवक्ता पोखरेल काठमाडौँ, २० असार : नेपाल सरकारको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका सय दिनका प्रमुख उपलब्धिबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो।

उहाँका अनुसार सरकारको पहिलो उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ मा सीमित गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालय संख्या घटाइएको र यसबाट वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको मन्त्री पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालय संख्या कटौतीसँगै अन्य सरकारी संरचनाको खारेजी, समायोजन तथा पुनर्संरचनामार्फत प्रशासनिक खर्च घटाई कार्यक्षमता अभिवृद्धि गर्ने नीति अघि बढाइएको जानकारी दिनुभयो।

सरकारले राजनीतिक दल निकट ट्रेड युनियनलगायत विभिन्न संरचनामा सुधार, सार्वजनिक खर्च नियन्त्रण, सुशासन प्रवर्द्धन तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि प्रवक्ता पोखरेलले बताउनुभयो। सरकारले १०० दिनको अवधिमा गरेका अन्य निर्णय तथा उपलब्धिहरू पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्