रोनाल्डो चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

तीव्र प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

टोरन्टोमा आज बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५२औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ६६औँ मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

खेल इन्जुरी समयतर्फ बढिरहेका बेला ९२औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए। खेल सकिन करिब १५ सेकेन्ड बाँकी रहँदा क्रोएसियाले गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड ठहर गरेपछि उक्त गोलले मान्यता पाएन।

यस जितसँगै पोर्चुगल विश्वकपको अन्तिम १६ मा पुगेको छ। अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्