प्रतिनिधिसभाको तेस्रो बैठक पनि पाँच मिनेट नबस्दै १५ मिनेटका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको तेस्रो बैठक सुरु भएको पाँच मिनेट नबित्दै पुनः स्थगित भएको छ। राति ९:४० बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको निरन्तर विरोध र नाराबाजीका बीच सञ्चालन हुन नसकेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गर्नुभएको हो।

यसअघि दिउँसो १ बजेदेखि सुरु भएको संसद् बैठक दिनभर अवरोध, विरोध र पटक–पटकको स्थगनबीच सञ्चालन भएको थियो। विपक्षी दलहरूले विभिन्न माग राख्दै संसद्को वेल घेराउ गरिरहेका छन् भने सभामुखको आसनअगाडि पुगेर नाराबाजीसमेत गर्दै आएका छन्।

तेस्रो बैठकमा राष्ट्रिय सभाबाट फिर्ता भएका प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी सन्देश सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

तर बैठक सुरु भएलगत्तै अवरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ। संसद् सचिवालयका अनुसार बैठक पुनः निर्धारित समयपछि बस्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्