नेक्सस् इन्टरनेशनल स्कुलद्वारा खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेक्सस् इन्टरनेशनल स्कुलले आज खुला अन्तरक्रिया कार्यक्रम (Open House Program) सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्ससले आयोजना गरेको  कार्यक्रममा अभिभावक तथा संरक्षकहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममार्फत अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षण पद्धति तथा विद्यार्थीको समग्र विकासका गतिविधिबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए । कक्षाकोठा अवलोकन तथा शिक्षकहरूसँगको अन्तरक्रियामार्फत बालबालिकाको सिकाइ प्रक्रिया, सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकासका विषयमा छलफल गरिएको थियो ।

विद्यालयले बालबालिकालाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी जिज्ञासा, बुझाइ, रचनात्मकता र समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर शिक्षण गरिरहेको जानकारी दिएको छ । साथै विद्यार्थीहरूले खुसी र आत्मविश्वासका साथ सिक्न सक्ने वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

विद्यालय प्रशासनले कार्यक्रममा सहभागी सबै अभिभावक तथा संरक्षकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्