विपक्षी दलद्वारा संसद् बैठक बहिष्कार, विरोधकै बीच अर्थमन्त्री वाग्लेले दिए जवाफ

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि केही विपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

यता नेपाली कांग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन् । विरोधकै बीच अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिने क्रम जारी राखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्