एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । यस वर्षको नतिजाअनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार केहीबेरपछि मात्रै नतिजा वेबसाइट तथा अन्य माध्यमबाट हेर्न सकिनेछ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण यसपटक छिटो नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।

कसरी हेर्ने नतिजा ?

एसएमएस तथा आईभीआरमार्फत

  • नेपाल टेलिकम : १६००
  • जानकी टेक्नोलोजी : ३५००१
  • एम्बिसन गुरु : ३१०६९

वेबसाइटमार्फत

  • SEE Result Portal
  • National Examination Board
  • SEE NTC Result
  • eKantipur SEE Result
  • EduSanjal SEE Result
  • Khalti App

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्