एसईई नतिजा राति ९ बजेदेखि हेर्न मिल्ने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आज साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ । उहाँका अनुसार विद्यार्थीहरूले भने राति ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन् । बोर्डले यसअघि नै बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण यसपटक छिटो नतिजा प्रकाशन गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।

एसईई नतिजा कसरी हेर्ने ?

एसएमएस र आईभीआर सेवा

  • नेपाल टेलिकम : १६००
  • जानकी टेक्नोलोजी : ३५००१
  • एम्बिसन गुरु : ३१०६९

वेबसाइटमार्फत

  • SEE Result Portal
  • National Examination Board
  • SEE NTC Result
  • eKantipur SEE Result
  • EduSanjal SEE Result
  • Khalti App

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्