पोखरा विमानस्थल अनियमिततामा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एक कम्पनीविरुद्ध मुद्दा

FILE PHOTO

 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्करप्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको छ । यस्तै तत्कालीन सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र प्रदीप अधिकारीसहित चिनियाँ कम्पनी China CMC Engineering Company Limited र त्यसका प्रतिनिधिविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको मङ्सिर २१ गते पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि चैत ८ गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध अर्को मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्