डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

 

काठमाडौं । न्याय परिषद्को बिहीबार बसेको बैठकले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा अनुमोदन भएमा पूरा ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रस्ताव गरेको हो ।

वि.सं. २०२७ असार ४ गते पर्सामा जन्मिएका शर्मा वि.सं. २०९२ असार ३ गते ६५ वर्ष पुग्नेछन् । ६ वर्षे कार्यकाल पूरा गरेमा उहाँ वि.सं. २०८९ वैशाखसम्म प्रधानन्यायाधीश रहनेछन् ।

उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गर्नुभएको छ । श्रम कानूनसम्बन्धी विषयमा विद्यावारिधि समेत गरेका शर्मा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रूपमा पनि कार्यरत रहनुभएको थियो ।

पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश रहेका बेला उहाँ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्