क्रिकेटर आरिफ शेख प्रहरीमा सहायक हवलदारमा बढुवा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख सहायक हवलदारमा बढुवा भएका छन्। नेपाल पुलिस क्लबका सदस्यसमेत रहेका शेख जवान पदबाट विशेष बढुवामार्फत सहायक हवलदार बनेका हुन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल प्रहरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सिद्धीविक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो।

आरिफ शेखको कप्तानीमा नेपाल पुलिस क्लबले गएको मार्चमा जय ट्रफी क्रिकेट प्रतियोगिता जितेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्