काठमाडौं । विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) कसुरमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान जारी रहेको छ।
बुधबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सुलभ अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन्। उनको हकमा यो छैटौँ पटक म्याद थप भएको हो भने व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए।






