सुदूरपश्चिम एमालेमा दल नेता विवाद चर्किँदा ओलीले सांसद काठमाडौं बोलाए

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका लागि प्रदेश सभा सदस्यहरूलाई काठमाडौं बोलाउनुभएको छ। ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावल सहित सबै ११ जना प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन्। उनीहरूलाई संसदीय दलभित्र देखिएको विवादबारे छलफल गर्न बुधबार गुण्डुमा बोलाइएको बताइएको छ। यद्यपि छलफलको समय भने अझै निश्चित भइसकेको छैन।

एमाले सुदूरपश्चिमभित्र रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दलको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ। प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता तथा सांसदहरूले छुट्टाछुट्टै रूपमा अध्यक्ष ओलीसँग भेट गरी रावललाई हटाउनुपर्ने माग राखेका थिए।

उपनेता सन्तोश शर्मा थापा सहितका सांसदहरूले पनि हालै गुण्डु पुगेर दल नेता परिवर्तन र प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपर्ने प्रस्ताव राखेका छन्। स्रोतका अनुसार दलको नेता परिवर्तन गर्ने विषयमा ओली सकारात्मक देखिए पनि कसलाई नेतृत्व दिने भन्ने विषयमा अझै टुंगो लागेको छैन।

हाल दलको नेताका लागि सन्तोश शर्मा थापा, चक्रबहादुर मल्ल, धर्मराज पाठकवीरबहादुर थापा दाबेदारका रूपमा देखिएका छन्।

थापा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् भने पाठक पूर्व प्रदेश सचिव रहनुभएको छ। हालका दल नेता रावल भने पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्