विना जानकारी भारतले रोक्यो नेपालबाट निर्यात हुने चिया

काठमाडौं – नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयविनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपालको चिया आयातमा भारतले अनौपचारिक रुपमा बन्देज लगाएको बताइएको छ । कुनै पत्राचार तथा घोषणाविनै भारतले नेपाली चिया निर्यातमा अवरोध गरेको हो ।

वैशाख २८ गतेदेखि नेपालको चियाको आयात रोकिएको दार्जलिङको स्थानीय पत्रिका जनपथले जनाएको छ ।

चियामा अवरोधबारे आफूलाई औपचारिक जानकारी नभएको तर व्यवसायीबाट सुनेको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपालबाट वार्षिक चार अर्बको चिया निर्यात हुने गरेको व्यवसायीहरुले बताएका छन् । भारत भएर तेस्रो मुलुक निर्यात हुने चियामा भने अवरोध छैन । यसैबीच चियाको अवरोध खुलाउन परराष्ट्र मन्त्रालयमार्फत उद्योग मन्त्रालयले पहल थालेको मन्त्रालय स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्