नेपाल फर्किनेको लर्को : आइतबार गौरीफन्टा नाकाबाट मात्रै ४ हजार नेपाली भित्रिए

FILE PHOTO

कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय ८८ जनाको उद्दार गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ ।

यो संख्या लकडाउनपछि एकै पटक, एकै नाकाबाट भित्र्याइएको सबैभन्दा बढी हो । अझै नेपाली आउनेक्रम जारी छ । भारतको पलियामादेखि दुई तीन सय चढेका गाडी हिँडिसकेको खबर आएको सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले बताएका छन् ।

शनिबार मात्रै २५ सय ७९ जना नेपाली नागरिक भित्रिएका थिए । आइतबार पनि सीमा नाकाको अवस्था अस्तब्यस्त रह्यो । दुई देशका स्थानीय प्रशासनका अधिकारीबीच भएको सहमति अनुसार आइतबार पनि दिउँसो १२ बजेदेखि नाका खुला गरिएको हो ।

भारतबाट घर फर्किनेको संख्या दिनानुदिन बढिरहेका बेला, यसअघिको जत्तिको तयारी पनि सीमा क्षेत्रमा हुन सकेको छैन । शनिबार अघि भारतबाट आएकाको नाम ठेगानासहितको तथ्यांक राखिएकोमा, शनिबारबाट भने जिल्लाको नाम मात्रै टिपेर आउन दिने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्