भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि

अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको हो ।

समूहमै आएका ती व्यक्तिलाई सीमामै आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखिएपछि धनगढीस्थित सेती अस्पतालको आइसोलेसन कक्षमा राखिएको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिए । भारतबाट आएका व्यक्तिमा आरडिटी पोजेटिभ आएको खबर आए पनि गाउँमा रहेकाले पिसिआर पोजेटिभ भएको खबर नपाएको यसबारे बुझ्ने बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उक्त सङ्क्रमितको सङ्ख्या अछाममा नभएर कैलालीमा गणना हुने बताए । अछाममा भारतलगायत कोरोना सङ्क्रमित जिल्लाबाट आएका व्यक्तिहरू कोरोना सङ्क्रमणको डरले स्थानीय त्रसित भएका छन् । भारतमा रेल सेवा खुला भएसँगै अछाम घर भएका व्यक्ति फर्कने क्रम बढिरहेको छ । गोरखापत्रनअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्